nic bank
himalayan everesat
Nmb bank

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच दुई पक्षीय समझदारी भएको हो ।

सो समझदारी पत्रमा प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत , प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।

यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदरमा सेवा दिदै आइरहेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...