Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।

 

गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षालगायतका बिषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएका थिए ।

 

प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयनको अवस्था र कार्यान्वनयमा देखिएका समस्या लगायतका बिषयमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रालयले गत चैत २९ गते एक कार्यदल गठन गरेको थियो । कार्यदलले गत पुस २७ गते नै श्रममन्त्री डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रालयले कार्यविधिको पहिलो संशोधन खारेज गरेको हो ।

 

कार्यविधि शंसोधनको खारेजीसँगै पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क सात सय नै कायम भएको छ । तर, कार्यविधिलाई व्यवहारिक र समयसापेक्ष बनाउनका लागि आवश्यक सुझाव दिन एक समिति गठन गरिने भएको छ ।

 

मन्त्रालय अन्र्तगतको सीप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा ३० दिन भित्र सुझाव पेश गर्नेगरी समिति गठन गरिएको छ । समितिले सरोकारवालाहरुसँग समेत छलफल गरी पाठ्यक्रम र तालिमको मोडालिटी तय गर्नेछ भने तालिमको शुल्कको बिषयमा समेत मन्त्रालयलाई सुझाव दिनेछ ।

 

त्यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धि २०८० मंसिर ६ गतेको निर्णय समेत खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।

 

यसका साथै मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो शंसोधन) कार्यविधि २०८० समेत खारेज गरेको छ । कार्यदलको सुझाव अनुसार कार्यविधि खारेज गरिएको हो ।

 

मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ को व्यवस्था अनुसार मागपत्र प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । निर्देशिका बमोजिम मागपत्र प्रमाणिकरणको काम सम्बन्धित मुलुकमा रहेका दुतावासले नै गर्नेछन् ।

 

कार्यदलले दिएको प्रतिवेदन अनुसार अन्य सुझावहरु कार्यान्वयनका लागि अध्ययन भै रहेको छ । प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने मन्त्रालयलले जनाएको छ ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...