हिरो मोटोकर्पको नेपालमा उपस्थिति अब झनै दरिलो
Monday Apr 22, 2024
वि.सं.२०८१ वैशाख १० सोमवार १०:२१
साझेदार सिजी मोटर्ससँगको सहकार्यमा बजार विस्तार योजना घोषणा र एसेम्बली प्लान्टको उद्घाटन
नेपालप्रतिको आफ्नो प्रतिबद्धता अगाडि बढाउँदै, मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ।
हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू- Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल र Xoom 110 स्कुटर बजारमा ल्याएको छ। अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिनेछ।
यस प्लान्टको क्षमता प्रति वर्ष 75,000 युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ।
सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, “नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ।
यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ। सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ। हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो।”

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो। हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं। हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ। अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं।”
यस नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्नेछ। साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्बाध रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्नेछ। सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने छ ।
हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो र वर्षोंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू जस्ता सर्वाधिक रुचाईएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाईकल ब्रान्डको रूपमा स्थापित गरेको छ। कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो।
चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यवसायिक घराना हो, जसले विश्वभर 160 भन्दा बढी कम्पनीहरू र 123 ब्रान्डहरूको विस्तृत नेटवर्क सञ्चालन गर्दछ, जस अन्तर्गत 15,000 भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। समूहको सञ्चालनमा फास्ट-मुभिङ कन्ज्यूमर गुड्स (FMCG) उद्योग, वित्तीय सेवा, ऊर्जा तथा पूर्वाधार विकास, हस्पिटालिटी क्षेत्र, , र अत्याधुनिक इलेक्ट्रोनिक्स। क्षेत्र समावेश छन्। चौधरी समूहले विभिन्न क्षेत्रहरूमा नवप्रवर्तन र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तर रूपमा देखाउँदै आएको छ।
























