CG Electronics
IME Life
NIMB

टोयोटा विमन्स मोटर र्‍याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख ८ गते मोटर र्‍याली सम्पन्न गरेको छ । सडकमा सुरक्षितयात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्‍यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन्। टोयोटा विमन्स र्‍यालीमा ५५ सहभागी थिए।

शाक्यले टोयोटा नेपालकोतर्फबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफि प्राप्त गरिन्। यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन्। तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन्।

धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्‍याली आयोजना गरिएको थियो। यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो बुमेन्स र्‍यालीले समय, गती र सुरक्षाको पाटोमा उपलब्धी हाँसील गरेको बताउँछिन्। ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्‍याली फलदायी भएको अनुभव उनले गरेकी छन्।


उनी भन्छिन्, ‘किनभने हामीले ५० जनालाई मात्रै गर्ने भनेकोमा धेरै उत्सुकता भएर सहभागी जनाउन खोजेकाले ५५ जना पुगे। यो प्रतिस्पर्धा छिटो कुदाउने भन्ने होइन। कसले नियम पालना गर्छ ? कसले समय र गति अनि सुरक्षालाई ध्यान दिन्छ ? यसलाई मूल्यांकन गरिएको हो।’ प्रबन्ध निर्देशक वैद्यकाअनुसार यसबाट मनोवृत्ति व्यक्तित्व, आत्मविश्वास पनि जगाउन खोजेका हौं।

यसले महिलाको निर्णय गर्ने क्षमता पनि विकास गर्ने उनको भनाइ छ। यो र्‍याली प्रदर्शनले आगामी दिनमा निरन्तरता दिन प्रोत्साहन दिएको उनले बताइन्।

अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो र्‍यालीमा दोस्रोपटक सहभागी भएकी छन्। महिला चालकलाई प्रायः सजग भएर नचलाउने भन्ने बुझाई भएकाले यो र्‍यालीले यस्तो सोचलाई चिर्ने र महिलालाई उत्प्रेरणा जगाएको बताउँछिन् सहभागी सरतिा श्री ज्ञवाली।

हाल राजनीतिमा संलग्न उनी सडक सुरक्षालाई अपनाउँदै आएको बताउँछिन्। २४ वर्षदेखि कार चलाउँदै आएकी उनी भन्छिन्, ‘यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा दिन्छ। ड्राइभिङ भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश यसले पनि दिएको छ।’
सामाजिक सञ्जालमा बुमन्स र्‍यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको बताउँछिन् २३ वर्षीया मौनतारानी गौतम।

सफ्टवेयर इञ्जिनियर गौतम यो र्‍यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको बताउँछिन्। ‘साथमा सडक सुरक्षाबारे ज्ञान र आत्मविश्वास बढायो। यसले विस्तारै सडकमा महिला चालक पनि बढेका छन है भनेर सन्देश पनि गएको छ ,’ गौतमले भनिन्।

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्र्फत उत्पादन प्रदर्शन गरियो। २० वर्षअघि नेपालमा टोयोटाले बुमन्स र्‍याली सुरु गरेको थियो। सन् २००४ बाट र्‍याली सुरु गरेको टोयोटाको वुमन्स र्‍यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...