Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

उपमेयर बुढाथोकीको तलब भत्ता, विद्यार्थीलाई पोशाक र जुत्ता

 

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम सानासाना स्कुले बाबुनानीहरुको लागि खर्च गरेको बताएका छन् ।

नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।

सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।

मैले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए, कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु, उनेल भने ।

कहिँलेकाहीँ आउने पैसाले नपुेर आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।

नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नकोलागि दिएको उनको भनाई छ । एक जना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए ।
उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतङ्क रहेको बताए । नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने ।

उपमेयर बुढाथोकीले ५ रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लग्ने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए ।

उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिए पनि डोजर चल्न नरोकिएको जानकारी दिए । त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ ।
नगरपालिकाको अनुमती देगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ ।

यो वर्ष हालसम्म चाँगुनारायण नगरपालिकाले विभिन्न शिर्षकमा करिब एक्काईस करोड पचास लाख रुपैया मात्र राजश्व संकलन गरेको उपप्रमुखले बताए ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...