CG Electronics
IME Life
NIMB

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् ।

यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ ।

यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने रेड्मी नोट १३ पनि कम छैन ।

भव्य डिस्प्ले :

रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० / १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

शक्तिशाली स्न्यापड्रागन ६८५ :

स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ ।

प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

१०८ मेगापिक्सेल पावरहाउस :

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।

एक्स्ट्रा ब्याकअप :

रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

प्रयोग गर्न सजिलो :

एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् ।

साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहित प्रयोगकर्ताहरुलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरु प्रदान गर्दछ ।

डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ ।

यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ । यो हेरेर भन्न सकिन्छ कि रेड्मी नोट १३ को सेक्युरिटी उत्कृष्ट छ ।

सुपथ मूल्य उत्कृष्ट फिचर :

रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ । एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो ।

यदि तपाईँ पनि किफायती मूल्यमा उत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागि उत्कृष्ट स्मार्टफोन हुनेछ ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मूल्यको कुरा गर्दा ६÷१२८ जिबि को मूल्य रु २४,९९९ छ भने ८ /२५६ जिबिको मूल्य रु २७,९९९ छ ।

ग्राहक महानुभावहरुलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को बन्डल अफरमा पाउन सकिनेछ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...