Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

Machhapuchchhre Bank Limited

 

 

काठमाडाैं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् ।

यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ ।

यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने रेड्मी नोट १३ पनि कम छैन ।

भव्य डिस्प्ले :

रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० / १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

शक्तिशाली स्न्यापड्रागन ६८५ :

स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ ।

प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् ।

१०८ मेगापिक्सेल पावरहाउस :

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।

एक्स्ट्रा ब्याकअप :

रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

प्रयोग गर्न सजिलो :

एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरुले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् ।

साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहित प्रयोगकर्ताहरुलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरु प्रदान गर्दछ ।

डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ ।

यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ । यो हेरेर भन्न सकिन्छ कि रेड्मी नोट १३ को सेक्युरिटी उत्कृष्ट छ ।

सुपथ मूल्य उत्कृष्ट फिचर :

रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ । एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो ।

यदि तपाईँ पनि किफायती मूल्यमा उत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागि उत्कृष्ट स्मार्टफोन हुनेछ ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मूल्यको कुरा गर्दा ६÷१२८ जिबि को मूल्य रु २४,९९९ छ भने ८ /२५६ जिबिको मूल्य रु २७,९९९ छ ।

ग्राहक महानुभावहरुलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को बन्डल अफरमा पाउन सकिनेछ ।

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम...

वि.सं.२०८१ माघ २८ सोमवार ००:२४

  काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड जित्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड...

वि.सं.२०८१ माघ २६ शनिवार ०९:४७

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजित ICC...

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्वले गरे शपथ

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

वि.सं.२०८१ माघ २६ शनिवार ००:३९

  काठमाडौँ । नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको आपत्ति, कानूनी कारबाहीको माग

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:५२

काठमाडौं । ग्लोबल आइएमई बैंकप्रति पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...