Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताए ।
ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ ।
हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पु¥याउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उनले गरे
 । सुक्खायामको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेको मन्त्री पुनले बताए । निर्माण प्रक्रियामा जाने तयारीमा रहेको १ हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने घोषणा उनले गरे ।
आयोजना निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितताका लागि दुई वटा ढाँचा प्रस्ताव गरिसकिएको उनले बताए ।
जलाशययुक्त आयोजनाको बाँध र विद्युत् गृह छुट्टाछुट्टै निर्माण गर्ने गरी आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
 ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी, चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण सुरु गर्ने व्यवस्था बजेटमा गरिएको पुनले बताए २ सय ८० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको समेत निर्माण सुरु गर्ने सरकारले लक्ष्य लिएको बताए ।
सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानीलाई सुरक्षित गर्ने गरी ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला र ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने पनि घोषणा गरेको छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत एक सय छ मेगावाट क्षमताको जगदुल्ला, ९९ दशमलब नौ मेगावाट क्षमताको तामाकोशी पाँचौँ, दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण सुरु गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिनेछ । त्यस्तै, १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययनसहित इञ्जिनियरिङ डिजाइनको कार्य सुरु गर्ने प्रबन्ध बजेटमा गरिएको छ ।
सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न परम्परागत ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाको उपयोग र प्रवर्द्धनमार्फत विस्थापन गर्दै जाने लक्ष्य राखिएको मन्त्री पुनले बताए ।
निजी क्षेत्रको लगानीमा एक सय मेगावाट क्षमता बराबरको सौर्य ऊर्जा प्रणाली जडानका लागि आवश्यक व्यवस्था बजेटले गरेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । ढल्केबर इनरुवा प्रसारण लाइन, बाह्रबिसे खिम्ती लप्सीफेदी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले जनाए । सेती करिडोर, भेरी करिडोर र बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने सरकारले लक्ष्य निर्धारण गरेको उनले बताए ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य बजेटले लिएको छ । इनरुवा पूर्णिया, दोदोधारा बरेली प्रसारण लाइन निर्माणका लागि आवश्यक व्यवस्था गरिएको छ ।
प्रसारण लाइनको ‘राइट अफ बे’ का लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि जग्गाधनीलाई आयोजना प्रभावित क्षेत्रका सर्वसाधारण सरह नै शेयर प्रदान गरिने व्यवस्था बजेटमा गरिएको छ ।
तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:५१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण...

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७ बजे

भाइटीका आज  : उत्तम साइत बिहान ११:३७...

वि.सं.२०८१ कात्तिक १८ आइतवार १०:४२

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका ।...

घट्यो डिजेल र मट्टितेलको भाउ

घट्यो डिजेल र मट्टितेलको भाउ

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:२०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०९:११

काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको...

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ : मन्त्री गुरुङ

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २०:५२

काठमाडौं । नेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री...

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको...

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २०:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा...