Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

 

काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ ।

शनिवार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलन गरी सो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा वरिष्ठ गायक स्वरूपराज आचार्यको स्वर रहेको छ ।

वरिष्ठ गीतकार एवं नेपाल प्रहरीका एआइजी टेक तामाङको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेका छन् ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको छ । प्रेमिल भावले ओतप्रोत भए तापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अँगालेपछि बिछोडिएको पीडा प्रेमी वाइबामार्फत देखाइएको छ ।

भिडियोमा आशमान वाइबा, नायिका केकी अधिकारी, सनम कठायतले फिचरिङ गरेका छन् ।

भिडियोलाई कला निर्देशक मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाई, क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ र सम्पादन विकास धमलाले गरेका हुन् । सह छायाँङ्कन कुलप्रसाद हुमागाईले गरेको छ ।

 

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...