CG Electronics
IME Life
Ncell NPL

आइसीसी टी-२० विश्वकप : समूह सीबाट वेस्टइन्डिज र अफगानिस्तान सुपर एटमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगी सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट बाहिर भएका छन् ।

अफगानिस्तान र वेस्टइन्डिज दुवै टिमले समान तीन–तीन जित निकाल्दा रनरेटका आधामा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । अब यी दुईको समूह चरणको अन्तिम खेलबाट पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ ।

अफगानिस्तानले शुक्रबार पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पीएनजीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले सर्वाीधक २७ रन बनाउँदा एले नओले १३ रन जोडे । यस्तै ओपनर टोनी उराले ११ रन बनाउँदा अरूले दोहोरो अंकमा स्कोर गरेनन् । तीन खेलाडीले खाता खोल्न असफल रहे ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिँदा नभिन उल हकले २ विकेट हात पारेका थिए । नुर अहमदले एक विकेट लिँदा पीएनजीका चार खेलाडी रन आउट भए ।

९६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानको सुरुआत भने खराब रहेको थियो । ८ रन हुँदा इब्राहिम जर्दान खाता नै नखोली आउट भएका थिए । त्यसपछि २२ रन हुँदा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७ बलमा ११ रन बनाएर आउट भए ।

गुलावद्दिन नइब र अज्मतुल्लाह ओमरजाइले पारि सम्हालेका थिए । ८.४ ओरभमा ५५ रन बनेका बेला अज्मतुल्लाह १३ रन बनाएर आउट भए । गुलावदिन र मोहम्मद नावीले अन्त्यमा अफगानिस्तानलाई जिताए । गुलावदिनले ३६ बलमा ४९रनको नटआउट पारि खेल्दा दुई छक्का र चार चौका प्रहार गरे । यसैगरी नावीले २३ बलमा १६ रनको नटआउट पारि खेल्दा एक चौका प्रहार गरेका थिए ।

पीएनजीका एले नाओ, सिमो कामेरा र नोर्मान भानुआले एक एक विकेट लिए ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन...

वि.सं.२०८२ चैत ५ बिहीवार ०७:३८

  पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता...

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६’ आयोजना हुने

केबीए ग्लोबल प्रा.लि.द्वारा ‘केबीए ग्लोबल क्रिकेट क्ल्यास...

वि.सं.२०८२ फागुन ११ सोमवार ०९:२४

  काठमाडौं । केबीए ग्लोबल प्रा.लि.को आयोजनामा ‘गोल्डेन गेट इन्टरनेशनल...

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

मिल्सबेरी इन्टर–ए लेभल बास्केटबल प्रतियोगिता २०२६ सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार ०८:५५

  काठमाडौं । मिल्सबेरी ए लेभल्स द्वारा आयोजित मिल्सबेरी इन्टर–ए...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

११औँ पाकिस्तान–नेपाल फ्रेन्डशिप टी२० क्रिकेट प्रतियोगिता सम्पन्न

वि.सं.२०८२ फागुन ७ बिहीवार २१:२३

      बालुवाटार क्रिकेट एकेडेमी विजेता, पाकिस्तान दूतावास टिम...