IME Life
NIMB

सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

NIMB
Himalayan Bank

 

पोखरा। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन-पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे।

 

१-ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २-ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र र ३-ओभर ७२ सहित भुवन कुमार रोक्का आठौं स्थानमा रहेका छन्। ४-ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीप कुमार लामाले संयुक्तरुपमा नवौं स्थान बाँडे।

 

हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। पहिलो, तेस्रो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले पाँचौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइनमा सम्हालिंदै २-अन्डर ३३ खेले। १५औं होलमा एक सट खेर फाल्दा १०औं, १४औं र १७औं होलमा बर्डी प्रहार गरे।

 

पछिल्लो दुई प्रतियोगिता जितेका भुवनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाउने क्रममा पहिलो नौ होलमा पार जोगाए। ब्याक नाइन पनि इभन-पार ३५ खेले। १०औं र १३औं होलमा बर्डी प्रहार गर्दा ११औं र १२औं होलमा बोगी खेपे। उनले कूल १४ वटा होलमा पार जोगाए।

 

पोखराका घरेलु गल्फर भु बहादुरले पनि फ्रन्ट नाइन इभन-पार ३४ र ब्याक नाइन इभन-पार ३५ मा सकाए। उनले तेस्रो होलमा बर्डी र सातौं होलमा बोगी खेपे। यसपछि १२औं र १६औं होलमा बोगी खेप्दा १०औं र १५औं मा बर्डी प्रहार गरे।

 

जयरामले बोगीबाट दिनको सुरूवात गरे र पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। यसपछि १६औं होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाउँदै ब्याक नाइन १-ओभर ३६ मा सकाए।

 

एमेच्योर राहुलले फ्रन्ट नाइन इभन-पार ३४ र ब्याक नाइन इभन-पार ३५ मा पुरा गरे। पहिलो र १७औं होलमा एक-एक सट बचाउँदा नवौं र दशौं होलमा बोगी खेले। एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए। प्रज्वल गुरूङ ५-ओभर ७४ सहित दोस्रो स्थानमा रहेका छन्। ८-ओभर ७७ खेलेका कवि थापा तेस्रो स्थानमा रहेका छन्।

 

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ। तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्।

 

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

 

शनिबारको प्रो-एम इभेन्टसँगै प्रतियोगिता समाप्त हुनेछ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...