IME Life
NIMB

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसीसी) आयोजना गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खाली सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा हालै उक्त सम्मेलन गरिएको थियो ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजन गरिएको सम्मेलनको राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी उद्घाटन गरेका थिए भने समापनमा वातावरण तथा वनमन्त्री नवलकिशोर साह सुडीले गरेका थिए । सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरूबीच संवाद समेत गरिएको थियो । यस सम्मेलनमा सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा पनि छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरूमा देखापरेको जलवायु परिवर्तनको असरजस्ता विषय समेटिएका थिए ।

सम्मेलनले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको जनाइएको छ । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारहरूले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको आयोजकको दाबी छ ।

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...