CG Electronics
IME Life
NIMB

रोजगारी खोज्ने युवालाई ठुलो अवसर : सहकारी मन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ ।

युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गईरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आवद्ध भई स्वरोजगार हुन सकिने तथा यसक्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उदेश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीले युवाहरुको भावना अनुरुप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरुबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे । यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीनवटा सहकारीको संचालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे ।

अर्थतन्त्रको एक मूख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारी करण गर्ने जिम्मेवारी अवदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमबारे प्रष्ट पादै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर बिदेश जाने युवाहरुलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् । अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमितामा नराखेको गुनासो गरिन् ।

सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ॠणको व्यवस्थापन सरकारले नगर्दा यसक्षेत्रका किसानहरु विस्थापित हुने अवस्थामा रहेको उनको भनाई थियो । साथै सहकारीले २५ बढी चिया उद्योग संचालन गदै आएको , दैनिक २५ हजार लिटर बढी दुध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएको सरकारको त्यसतर्फ ध्यानाकार्षण हुनुपर्ने अध्यक्ष मल्लले धारणा राखिन् ।

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यतित्वहरुको सहभागिता रहेको थियो ।

सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरु रहेका छन भने मेला अवधिभर पाच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ । यसै सन्दर्भमा महासंघले सहकारीको वर्तमान रोजगारी स्थिती र भविष्यका संभावनाहरु बिषयीक कार्यपत्र पनि प्रस्तुत गरेको छ ।

कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेका जानकारी दिइन् ।

तथ्यांक अनुसार नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् भने जसमा ५६ प्रतिशत महिला सहमागिता रहेको छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने दोस्रो मुलुकमा पर्दछ भने पहिलो मुलुक फिलिपिन्स हो ।।

 

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...