Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मनकामना केवुलकारको स्तरोन्नति बारे जानकारी

kumari  bank

 

काठमाडौं, २३ असार । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायर बाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।

हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि.सि.करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायर को डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसि करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ ।

त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३ हजार २ सय मिटरको हुनेछ ।त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमश : पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६ हजार ५सय मिटरको हुनेछ । केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रीपहरु हरू, जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको छ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गरेका छन् ।

हाल गरिने मुख्य कार्यहरू मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, थ्राइरेस्टर प्यानल तथा अप्रेसन प्यानल फेरिने डिजिटल कन्ट्रोल, सम्पूर्ण वाइरिङहरू फेरिने, डिसि मेन मोटर फेरि एसि मेन मोटर ड्राइभ राखिने, ३ वटा टावर हाउलिङ गरिने, अन्य अत्यावश्यक कार्यहरू गरिने, जनशक्ति तालिम अन दि जब ट्रेनिङ गरिने लगायतका कार्य गरिन्छ ।

यस कार्य गरिंदा स्टेशन भवन, टावरहरू, बुल हवयेल तथा बुल हवयेल फ्रेम र गोन्डोला यथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य टावर हरूको हाउलिङ डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने ९मुख्यतया मेकानिकल सामान० कार्य गरिसकेको छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्न सकिने हुन्छ । स्तरोन्नति कार्यको लगानी करीव ५० करोडको हुनेछ । केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...