CG Electronics
IME Life
NIMB

मनकामना केवुलकारको स्तरोन्नति बारे जानकारी

NIMB
Himalayan Bank

 

काठमाडौं, २३ असार । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायर बाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।

हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि.सि.करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायर को डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसि करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ ।

त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३ हजार २ सय मिटरको हुनेछ ।त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमश : पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६ हजार ५सय मिटरको हुनेछ । केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रीपहरु हरू, जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको छ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गरेका छन् ।

हाल गरिने मुख्य कार्यहरू मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, थ्राइरेस्टर प्यानल तथा अप्रेसन प्यानल फेरिने डिजिटल कन्ट्रोल, सम्पूर्ण वाइरिङहरू फेरिने, डिसि मेन मोटर फेरि एसि मेन मोटर ड्राइभ राखिने, ३ वटा टावर हाउलिङ गरिने, अन्य अत्यावश्यक कार्यहरू गरिने, जनशक्ति तालिम अन दि जब ट्रेनिङ गरिने लगायतका कार्य गरिन्छ ।

यस कार्य गरिंदा स्टेशन भवन, टावरहरू, बुल हवयेल तथा बुल हवयेल फ्रेम र गोन्डोला यथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य टावर हरूको हाउलिङ डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने ९मुख्यतया मेकानिकल सामान० कार्य गरिसकेको छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्न सकिने हुन्छ । स्तरोन्नति कार्यको लगानी करीव ५० करोडको हुनेछ । केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...