CG Electronics
IME Life
NIMB

नेपाली सेनाका १०१ किशोरी दीक्षित, सेना बलियो भए देश बलियो हन्छ : सहायकरथी कार्की

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रमेश गिरी
भक्तपुर, २६ असार । सूर्यविनायकस्थित नेपाली सेनाको श्री इन्द्र बक्स गणमा नौ महिनाको नेपाली सेनाको तालिम सम्पन्न गरेका सिसं ४ का १०१ जना किशोरी आज दीक्षित भएका छन् ।

आज गणमा आयोजित दिक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिणीका बाहिणीपति सहायकरथी धु्रबकुमार कार्कीले समारोहमा तालिम सम्पन्न गरेको सेनाका जवानको कवाज प्रर्दशन निरीक्षण गर्नुका साथै उत्कृष्ठ सेनाका जवानहरुलाई पुरस्कार एवं प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

नेपाली सेना बलियो भए देश बलियो हुने बताउदै उहाँले भन्नुभयो, “राष्ट्रको मेरुदण्ड नेपाली सेना हो, सेनाको मेरुदण्ड सिपाही हो । सिपाही बलियो भए सेना बलियो हुन्छ, सेना बलियो भए देश बलियो हुन्छ ।”

नेपाली सेनाको तालिम पुरा गरेर आजबाट पूर्ण रुपमा राष्ट्रको सेवामा लाग्न अग्रसर नेपाली सेना राष्ट्र, जनता र संस्थाप्रति ईमान्दार कर्मठ भएर कार्य र्ग निर्देशन दिदै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्ने क्रममा देशले माग्दा ज्यानको समेत आहुती दिन सक्ने संकल्प बोकेर अगाडि बढेको बताउनुभयो ।

भविश्यमा आउने सक्ने कुनै पनि चुनौतीको सामना गर्ने अठोट बोकेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले राष्ट्रियता, स्वतन्त्रता, अखण्डता, भौगोलिकताको रक्षाको लागि नेपाली सेना सधै लाग्ने बताउनुभयो ।

समारोहमा तालिम अबधीभर प्रथम हुने रोजिना कार्कीलाई सहायकरथि धु्रबकुमार कार्कीले पुरस्कार स्वरुप खुकुरी र सम्मान पत्र प्रदान गर्नुभयो । त्यसैगरि तालिम अबधीभर दौडमा प्रथम हुने गीताकमाुर िखड्का, ड्रिलमा प्रथम हुने प्रतिक्षा भुजेल, फाइरिङ्मा प्रथम हुने इन्द्रकुमारी खड्का र पुष्पाकुमारी बुढा, सञ्चिता नेपालीलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

तालिममा श्री इन्द्र बक्स गणका गणपति एवं प्रमुख सेनानी मोहनकुमार थापाले सिंस ४ का १०१ जना किशोरीहरुले तालिम पुरा गरेर आज दीक्षित भएको बताउनुभयो ।

उहाँले अहिलेसम्म गणले सिं. १०१ देखि १०४ सम्म नेपाली सेनाको तालिम पुरा गरेर देशभक्त कर्मठ सेनाहरु तयार पारेको बताउदै नयाँ भर्ना भएका सेनालmाई पनि तालिम दिने तयारीमा रहशेको बताउनुभयो ।

 

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ हुँदा क्षेत्र प्रभावित : दीपकराज जोशी

पर्यटन पूर्वाधार र नीतिगत सुधार कार्यान्वयनमा ढिलाइ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २३:२९

  काठमाडौं । नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी अधिकृत...

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो : मन्त्री पौडेल

पर्यटन कथा, संस्कृति र व्यवस्थापनको विषय हो...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:३२

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज...

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो

उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २०:२५

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही...

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...