Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल उद्योग परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले नीतिगत र संरचनागत सुधारलाई ध्यानमा राखेर आगामी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

शुक्रबार परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै आर्थिक गतिविधिमा महिनौंदेखि कायम शिथिलता र उद्योग व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभावलाई ध्यानमा राख्दै मौद्रिक नीति ल्याउन सुझाव दिएको छ ।

 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मागमा आएको अभूतपूर्व संकुचनले अर्थतन्त्र विस्तार हुन नसकेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे ।

उनले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको समीक्षामार्फत केही सुधार गर्न खोजिए पनि चाहेको जस्तो सुधार नआएकाले आगामी नीति औद्योगिक वातावरणलाई सघाउने खालको आउनेमा आशावादी रहेको बताए ।

विदेशी मुद्राको सञ्चिति पुनः स्वस्थ अवस्थामा आइपुगेको र प्रणालीमा तरलताको पनि यतिबेला समस्या नरहेको उनले बताए । यसका बाबजुद अहिले बैंकहरूको कर्जा प्रवाह न्यून भएको र बजार माग पनि ज्यादै न्यून भएको उनले बताए ।

उपभोक्ता बजार लगातार उदासिन भइरहँदा उद्योग न्यून क्षमतामा सञ्चालनइभईरहेको परिसंघले बताएको छ । यस पृष्ठभूमिमा आगामी आर्थिक वर्षलाई उपलब्धिमूलक बनाउन र आर्थिक वर्ष २०८१र८२ का लागि ल्याइएको बजेटका लक्ष्य हासिलमा सघाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने परिसंघको धारणा छ ।

आगामी नीतिले सुझबुझपूर्ण र समयसापेक्ष नीतिगत कदम चाल्दै निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने वातारण निर्माण गर्ने र यसबाट नयाँ रोजगारीहरू सिर्जना तथा बजार मागमा वृद्धिमार्फत अर्थतन्त्रको पुनरुत्थानमा सहयोगी हुने अपेक्षा परिसंघको छ ।

परिसंघले प्रमुख मौद्रिक उपायहरू, समष्टिगत विवेकपूर्ण मौद्रिक उपायहरू र संरचनागत सुधारका विषयमा राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

परिसंघले राष्ट्र बैंकले नीतिगत दर घटाउँदा समेत त्यो बैंक ब्याजदरमा प्रतिबिम्बित हुन नसकेको, बरु उल्टै बैंक ब्याजदर घट्नुविपरित बैंकहरूले बढाएको देखिएको अवस्थामा बैंक ब्याजदरलाई अनुशासित गर्न सक्ने गरी नीतिगत दरलाई प्रभावकारी बनाउन सुझाव दिएको छ ।

वैधानिक तरलता अनुपात ९एसएलआर० लचिलो रहने, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुनेगरी आधार दरको उन्नत विकल्पमा जान, राष्ट्र बैंकले हाल लागु गरेको ०।५ प्रतिशत काउन्टर साइक्लिकल क्यापिटल बफर ९सीसीबी० स्थगन गर्न, निर्देशित क्षेत्रको लगानी सीमा घटाउन परिसंघले सुझाव दिएको छ ।

जोखिम व्यवस्थापन तथा वित्तीय स्थायित्वका लागि खराब कर्जाको हकमा यसको नोक्सानी व्यवस्थामा केही कडाइ गर्नु स्वाभाविक भए पनि कर्जाको किस्ता नियमित भएका असल कर्जाको हकमा भने यो कम कायम गर्नु व्यवहारिक दृष्टिले उचित हुने परिसंघको भनाइ छ ।

परिसंघले मौद्रिक नीति बनाउन राष्ट्र बैंकभित्र छुट्टै मौद्रिक नीति समिति गठन गर्न, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न, निष्क्रिय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाका सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधानहरू खारेज गर्न, चालुपूँजी कर्जाको प्रावधान तत्काललाई स्थगन गर्न, मुद्दती र बचत निक्षेपमा विद्यमान अधिकतम र न्यूनतम ब्याज दर अन्तर ९बढीमा ५ प्रतिशत० को व्यवस्था हटाउन, ब्याजदरमा पुनरावलोकन गर्दा अघिल्लो महिना प्रकाशित दरमा १० प्रतिशतभन्दा धेरैले र एकपटक भन्दा बढी घटाउन वा बढाउन नपाउने व्यवस्था हटाउन परिसंघले सुझाव दिएको छ ।

परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर अधिकारीले मौद्रिक नीतिप्रति धेरैको धेरै अपेक्षा बढेर गएको भन्दै प्रणालीलाई असर नपार्ने नीति लिनुपर्ने बताए । मौद्रिक नीति तयारीको अन्तिम चरणमा रहेको भन्दै उनले विस्तृत सुझावका लागि परिसंघलाई धन्यवाद दिए ।

 

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

गीतकार टेक तामाङको पहिलो एकल साँझ हुँदै

वि.सं.२०८२ असार ६ शुक्रवार १४:५६

  काठमाडौं । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ...

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड...

वि.सं.२०८२ असार १ आइतवार १८:५७

  काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही...

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित...

वि.सं.२०८२ जेठ २८ बुधवार १७:४३

    काठमाण्डौ- २८ जेठ २०८२- नेपालमा भर्खर भित्रिएको पिकअप...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दी बढीकाे सहभागिता रहने

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ...

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:२३

  काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल...

वि.सं.२०८२ जेठ १५ बिहीवार २१:३६

  काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति...