CG Electronics
IME Life
NIMB

सिमित स्रोत र जनशक्तिबाटै प्रभावकारी सेवा दिनुपर्छ : मन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित वीर अस्पतालको १३५औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उहाँले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सिमित चिकित्सकीय शक्ति, सीमित भौतिक पूर्वाधार, सीमित स्रोतकाबीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देश आर्थिक हिसाबले समस्यामा छ । स्रोत बढाउन सक्ने अवस्था छैन । सीमित स्रोतभित्र सत प्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ । पूर्वाधार विकासमा आजको भोलि नै केही भइ हाल्दैन । दीर्घकालीन योजना अनुसार विस्तारै काम हुन्छ । तर, सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ । चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था छैन । सीमित जनशक्ति, भौतिक पूर्वाधारका लागि सीमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औँल्याउनुभयो । व्यस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको साधन र स्रोतभित्र रहेरपनि राम्रो परिणाम दिन सकिने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो,‘वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । व्यवस्थापन पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौँ । यसमा सुधार गर्न सयौँ भने यही साधन स्रोतभित्र राम्रो परिणाम दिन सक्छौँ भन्ने मलाई लाग्छ ।’

उहाँले अस्पतालको इमर्जेन्सी सेवामा नागरिकको गुनासो रहेको भन्दै सबैले नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई काम गर्नका लागि सुरक्षित वातावरण निर्माणमा लागिपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्नका साथै सेवा सुविधा विस्तार गर्ने उहाँको भनाइ छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...