Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिमित स्रोत र जनशक्तिबाटै प्रभावकारी सेवा दिनुपर्छ : मन्त्री पौडेल

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित वीर अस्पतालको १३५औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उहाँले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सिमित चिकित्सकीय शक्ति, सीमित भौतिक पूर्वाधार, सीमित स्रोतकाबीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘देश आर्थिक हिसाबले समस्यामा छ । स्रोत बढाउन सक्ने अवस्था छैन । सीमित स्रोतभित्र सत प्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ । पूर्वाधार विकासमा आजको भोलि नै केही भइ हाल्दैन । दीर्घकालीन योजना अनुसार विस्तारै काम हुन्छ । तर, सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ । चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था छैन । सीमित जनशक्ति, भौतिक पूर्वाधारका लागि सीमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।’

उहाँले वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औँल्याउनुभयो । व्यस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको साधन र स्रोतभित्र रहेरपनि राम्रो परिणाम दिन सकिने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो,‘वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । व्यवस्थापन पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौँ । यसमा सुधार गर्न सयौँ भने यही साधन स्रोतभित्र राम्रो परिणाम दिन सक्छौँ भन्ने मलाई लाग्छ ।’

उहाँले अस्पतालको इमर्जेन्सी सेवामा नागरिकको गुनासो रहेको भन्दै सबैले नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई काम गर्नका लागि सुरक्षित वातावरण निर्माणमा लागिपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्नका साथै सेवा सुविधा विस्तार गर्ने उहाँको भनाइ छ ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...