Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कसैको दबाब र चाहनामा मुद्दा चल्दैन : गृहमन्त्री

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए ।

 

उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागि उत्प्रेरित गर्ने विषय हो । त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागि ल्याउन आवश्यक रहेको नीति हो सदाचार नीति ।

यो आवश्यक छ, जरुरी छ र सरकार नीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ । ढिलो भएको भएपनि पारित गरि लागु गर्नका लागि प्रतिवद्धता जनाउन चाहन्छु ।

यसका लागि सम्मानित समितिबाट सुझाव सल्लाहदेखि सबै कुरा होस् भन्न चाहन्छु ।’

भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै चौतर्फी दबाब आइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले कानुन अनुसार अघि बढ्ने बताए ।

फाइल खोल्नु भनेको मुद्दा अगाडि बढाउनु रहेको बताउँदै उनले कसैको चाहना र रहरले मुद्दा नचल्ने बताए ।

‘फाइल खोल्ने भनेको मुद्दा चलाउने होला नि । फाइल खोलेर यि यता छ भनेर देखाउने त होइन होला । अनि लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ? कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने त ? कसैका चाहना र रहरले मुद्दा चल्दैन,’ उनको भनाइ छ ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...