CG Electronics
IME Life
Ncell NPL

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा हुन्छ : मन्त्री सिंह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए ।

उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको कुरालाई छिटै टुङ्गोमा पुर्याउनको लागि मन्त्रालयबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाएर अघि बढाउने कुरा राख्न चाहन्छु ।’

यसको साथै उनले नदी सरसफाई र फोहोरमैला व्यवस्थापनको विषयलाई पनि तीनै तहको सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘उपत्यकाको मेयर फोरम र तीनै तहको सरकार मिलेर सामूहिक सहकार्यबाट नदी नालाहरुलाई स्वच्छ गर्नेतिर पनि ध्यान दिनुपर्छ र योजनाहरु बनाएर अगाडि बढ्नु पर्छ ।

समस्याहरु धेरै छन् । फोहोरमैला व्यवस्थापन हुन सकेन भने धेरै समस्या हुन्छ । त्यसकारण यस सम्बन्धी समस्यामा मिलेर के गर्दा हुन्छ समाधान गर्नुपर्छ । सहरी विकास व्यवस्थालाई वर्तमान समय अनुसार आधुनिक तवरले व्यवस्था गर्नको लागि ध्यान दिनुपर्छ ।’

काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि लामो समय अघिदेखि उपत्याकाभित्रका केही पालिका अन्तर्गतको जग्गा रोक्का राख्दा परियोजनाले सार्थकता पाउन सकेको छैन् ।

रोक्का राखिएको जग्गाका जग्गाधनी आफ्नो सम्पत्तीको सदुपयोग गर्न नसकेको, सम्पत्ती विक्री समेत गर्नबाट बञ्चित भएकोलगायतका समस्या कारण पनि स्मार्ट सिटी आयोजनाका लागि रोक्का राखिएको जग्गा अबिलम्ब फुकुवा गरी स्थानीयवासीको समस्या सम्बोधनका लागि अनुरोध समेत गरिएको छ ।

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...