Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए । उनले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए ।

उनले भने,‘ राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था हो । राष्ट्र बैंकलाई अर्थमन्त्रालयले केही गर्दैन् । यो गर, त्यो गर भन्न मिल्दैन । तर राष्ट्र बैंक र मन्त्रालय एकआपसमा मिलेर काम पनि गर्छन् । एकले अर्कालाई सघाउँछन् । त्यसैले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचमा रियल ट्युनिङ मिल्नु नै पर्छ ।

अथवा मूलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न मिलेर अगाडि बढ्नुपर्छ ।’

उनले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता पनि जनाए ।

बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए । उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङग्य गरेका थिए ।

‘अत्याधिक खुकुलो मौद्रिक नीति लिंदा अर्को समस्या आउने खतरा रहन्छ । तथापि, राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो । म अर्थमन्त्री हुँदा गभर्नरसापले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो ।

अर्थतन्त्र सहज हुँदा सेयर मार्केट पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले जुन मौद्रिक नीति आएको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको उपस्थितिले ट्युनिक मिलेको छ भन्छन् बजारमा । मौद्रिक नीति सबै राम्रो आएका छ म भन्दिन् ।’

 

 

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...