CG Electronics
IME Life
NIMB

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए । उनले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए ।

उनले भने,‘ राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था हो । राष्ट्र बैंकलाई अर्थमन्त्रालयले केही गर्दैन् । यो गर, त्यो गर भन्न मिल्दैन । तर राष्ट्र बैंक र मन्त्रालय एकआपसमा मिलेर काम पनि गर्छन् । एकले अर्कालाई सघाउँछन् । त्यसैले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचमा रियल ट्युनिङ मिल्नु नै पर्छ ।

अथवा मूलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न मिलेर अगाडि बढ्नुपर्छ ।’

उनले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता पनि जनाए ।

बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए । उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङग्य गरेका थिए ।

‘अत्याधिक खुकुलो मौद्रिक नीति लिंदा अर्को समस्या आउने खतरा रहन्छ । तथापि, राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो । म अर्थमन्त्री हुँदा गभर्नरसापले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो ।

अर्थतन्त्र सहज हुँदा सेयर मार्केट पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले जुन मौद्रिक नीति आएको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको उपस्थितिले ट्युनिक मिलेको छ भन्छन् बजारमा । मौद्रिक नीति सबै राम्रो आएका छ म भन्दिन् ।’

 

 

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...