होन्डा कारको ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ योजना
Sunday Aug 25, 2024
वि.सं.२०८१ भदौ ९ आइतवार ०४:०४
काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि फ्रिमा पाउन सक्नेछन्।
ग्राहकहरूलाई इजी फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक Interest Rate का साथ २०% सम्मको ‘डाउन पेमेन्ट’ उपलब्ध गराइरहको छ।
कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘Free accessories’ र ‘Spot Exchange’ को पनि सुविधा उपलब्ध गराउनेछ। यसका साथै होन्डा ले आफ्नो ग्राहकहरुलाई ‘Road Side assistance‘ को सुविधा साथै २ वर्ष अथवा कार १००००० किमि चलाएसम्म वारेन्टी दिनेछ।
यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको र विश्वास गरिएको होण्डा कारको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।