CG Electronics
IME Life
NIMB

भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ को तयारी पूरा

NIMB
Himalayan Bank

 

काठमाडौं । भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्।

नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ।

अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स र सात वटा बैंकका स्टल रहने छन्।

शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गर्दैछन् । जीकर र जेको, ब्रान्डले पनि अटो शोमार्फत विक्री शुरू गर्दैछ भने एमएडब्लू वृद्धिले डोङफेङ यसअघिनै सार्वजनिक भएको नामी ब्रान्डको औपचारिक विक्री शुरू गर्दैछ ।

त्यस्तै ओमोडा, जीएसी आयोनसहित दिपलको एक गोप्य राखिएको मोडल पनि पहिलोपटक अटो शोमा देखिने छन् । टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दै छन्। बहुप्रतिक्षित मोडल मानिएको टाटाको पन्च ईभी, दिपलको एल ०७, निटाको निटा(एक्स, बीवाईडीको एटो थ्रीको फेसलिफ्ट भर्सन, एमजीको स्पोर्टस कार साइबरस्टार, कियाको एसयूभी किया ईभी नाइन, प्रदर्शनीमा देखिनेछ।

लक्जरीदेखि साधारण उच्च मूल्यदेखि मिड रेञ्जका गाडीको बाहुल्यता रहने शोमा उच्च रेन्ज, फिचर्स, ड्राइभिङको उत्कृट अनुभव लिन सकिने छ । प्रदर्शनीमा विभिन्न कम्पनीका दुईपांग्रे, तीन पांग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधनसमेत आकर्षणको केन्द्र बन्नेछन् ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...