Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ को तयारी पूरा

Machhapuchchhre Bank Limited

 

काठमाडौं । भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्।

नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ।

अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्स र सात वटा बैंकका स्टल रहने छन्।

शोमार्फत करीब एक दर्जन नयाँ ब्रान्डले विद्युतीय गाडी विक्री शुरु गर्दैछन् । जीकर र जेको, ब्रान्डले पनि अटो शोमार्फत विक्री शुरू गर्दैछ भने एमएडब्लू वृद्धिले डोङफेङ यसअघिनै सार्वजनिक भएको नामी ब्रान्डको औपचारिक विक्री शुरू गर्दैछ ।

त्यस्तै ओमोडा, जीएसी आयोनसहित दिपलको एक गोप्य राखिएको मोडल पनि पहिलोपटक अटो शोमा देखिने छन् । टाटा, ओमोडा, दिपल, किया, हुन्डाई, निटालगायत ब्रान्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्दै छन्। बहुप्रतिक्षित मोडल मानिएको टाटाको पन्च ईभी, दिपलको एल ०७, निटाको निटा(एक्स, बीवाईडीको एटो थ्रीको फेसलिफ्ट भर्सन, एमजीको स्पोर्टस कार साइबरस्टार, कियाको एसयूभी किया ईभी नाइन, प्रदर्शनीमा देखिनेछ।

लक्जरीदेखि साधारण उच्च मूल्यदेखि मिड रेञ्जका गाडीको बाहुल्यता रहने शोमा उच्च रेन्ज, फिचर्स, ड्राइभिङको उत्कृट अनुभव लिन सकिने छ । प्रदर्शनीमा विभिन्न कम्पनीका दुईपांग्रे, तीन पांग्रे पेट्रोलियम तथा विद्युतीय सवारी साधनसमेत आकर्षणको केन्द्र बन्नेछन् ।

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...