CG Electronics
IME Life
NIMB

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निजी क्षेत्रको सहभागिता जरुरी : मन्त्री पौडेल

NIMB
Himalayan Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले तीन सय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्रको सहभागितामा जनशक्ति बढाउने र भएको उपकरणहरुको प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले अहिले स्रोत साधन, जनशक्ति बढाउन सक्ने अवस्थामा छैनौं । उपलब्ध साधन स्रोत र जनशक्तिभित्रबाट प्रभावकारिता बढाउन आवश्यक छ । तीनसय बेडका सबै अस्पतालहरुमा नीजि क्षेत्र समेतको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रियालाई अगाडि बढाउन सक्नुपर्छ । भएको उपकरणहरुको पनि प्रभावकारी तरिकाले प्रयोग गर्नुपर्छ ।’यस्तै, उनले सेवा प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्ने पनि बताए ।

उनले भने, ‘यो क्षेत्रमा लगानी अभिवृद्धि गर्न आवश्यक छ । त्यसको लागि पहलकदमीहरु गरिरहेका छौं । प्रभावकारी बनाउन खोज्ने तर लगानी गर्न डराउने हो भने प्रभावकारितामा प्रभाव पर्छ । लगानी अभिवृद्धि गर्नका लागि नीतिगत तरिकाले अगाडि बढाउने काम निरन्तर रुपमा गर्ने छौ ।’

यसको साथै उनले नागरिकलाई कसरी प्रभावकारी सेवा सुविधा उपलब्ध गराउन सकिन्छ भनेर अवधारणा बनाउने पहिलो काम भएको भन्दै त्यसपछि मात्र आफ्नो कामको सहजीकरण गर्ने बारेमा सोच्नुपर्ने बताए ।

सातै प्रदेशमा प्रत्यारोपण सेवासहितको उपचार हुने परिस्थिती विस्तारै निर्माण गर्ने पनि उनको भनाई छ ।

 

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...