CG Electronics
IME Life
NIMB

जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न सकेको छैन्  : मन्त्री पौडेल

NIMB
Himalayan Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधा समेत प्रवाह हुन नसकेको स्विकारेका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए ।

उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा समस्याहरु छन् । रोग पत्ता लगाएपछि मात्र उपचार गर्न सकिन्छ भनेजस्तै स्वास्थ्य क्षेत्रमा रहेका समस्या पहिचान गरेमात्रै हामी समाधानको बाटो खोज्न सक्छौं । संविधानले आधारभूत स्वास्थ्य निःशुल्क भनेर भनेको छ ।

त्यसपछि हामीले विभिन्न निर्णयहरुमार्फत पटक पटक विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने, सस्तो र सर्वसुलभ ढंगबाट उपलब्ध गराउने भनेर भन्दै आएको स्थिति छ । तर व्यवहारमा हामीले प्राथमिक स्वास्थ्य सुविधा निःशुल्क प्राप्त गर्न सकेको स्थिति पनि छैन र विशिष्टकृत सेवा सरलिकरण ढंगबाट प्रवाह गर्न सकिरहेका छैनौं । यसमा हामीले काम गर्न जरुरी छ ।’

 

त्यस्तै, स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा सस्तोमा पाउने बिमा सुविधा मात्र भएपनि बिमा सेवा समेत व्यवस्थित हुन नसकेको उनको भनाइ छ ।

बिमाको सिमा एक लाखबाट बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयको घोषणालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्रोतको खोजिमा सरकार हिँडिरहेको दाबी गरे ।

‘बिमाको सिमालाई बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । हामी यसलाई सरकारको नीति बनाउन चाहान्छौं । स्रोत नभएको कारण ले एक लाख समेत व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुनसक्छ भनेर हामीलाई प्रश्न गरिरहनुभएको छ । स्रोत उपलब्ध हुने माध्यम पनि सँगसँगै प्रस्तुत गरेका छौं,’ उनको भनाइ छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...