CG Electronics
IME Life
NIMB

उद्योग मन्त्री भण्डारीसंग चिनियाँ व्यवसायीहरुको भेटवार्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग चिनका व्यवसायीहरुले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् ।

 

अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका बिषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीहरुलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे ।

 

उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे बताउदैँ नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

 

काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैइरहेको बिषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरे ।

उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाईन बाटै दर्ता प्रक्रिया रहेको बताए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...