NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

मालश्री ऋतु राग सुरु : प्रवर्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौँ । मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ।

धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सुक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई मालश्री धुनको प्रस्तुतिले योगदान दिने बताइन ।

 

मालश्री धुन दशैँ लागेपछि मात्र बजाउने चलन जस्तो देखिएको छ । दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा हो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, छोडिँदै र चलनबाट बाटो विराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनःस्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 

कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक बाद्यबादन प्रयोग गरिएको थियो । कार्यक्रममा नेपाली भाषाका गीतका धुनहरु प्रस्तुत गरिएका थिए ।

 

कार्यक्रम स्वर्णिम योजना ‘सांस्कृतिक सहर’ अन्तर्गत सम्पन्न भएको हो । कार्यक्रमका फोकल पर्सन तथा सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारका अनुसार मालश्री धुन बजाउने चलन दाफा संगीतसँगै सुरु भएको मानिन्छ । यसमा मौसम, खेतीपातीलगायत जीवनशैलीसँग सम्बन्धित गायन पनि हुन्छ । मालश्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...