Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ ।

चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका हुन् ।

चेम्बरले युवा उद्यमशिलता सम्वन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् ।

युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।

स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले पनि युवा उद्यमशिलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने बताए ।

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...