CG Electronics
Ncell NPL
NIMB

राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति वनाउनुपर्छ, : बुद्धिजीवीहरु

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाललाई रेल्वे विकासमा अगाडि वढाउन ढिला गर्न नहुनेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज काडमाडौंमा आयोजना गरेको नेपालमा रेल्वे विकासको रोडम्याप विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विज्ञहरुले नेपालको वढ्दो जनसंख्यालाई ध्यान दिंदै देशको दीर्घकालिन हितका लागि रेल्वे विकास आवश्यक भएको वताएका हुन् ।

कार्यक्रममा सम्वोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति वनाउनुपर्ने वताउनुभयो । अवको २० वर्ष भित्र हुने नेपालको जनसंख्या, देशको आवश्यकता तथा अर्थतन्त्र विकासका लागि आवश्यक पर्ने यातायात गुरुयोजना तयार गर्न आवश्यक भएको वताउँदै महासचिव पोख्रेलले स्पष्ट नीति नवनेकोमा दुख व्यक्त गर्नुभयो ।

नीति निर्माताको तहमै गन्जागोल भएको, मन्त्रालयकावीचमा प्रयाप्त छलफल हुन नसकेकोमा असन्तुष्टि जनाउँदै उहाँले यो विषयमा सरोकार राख्नेवीच संवाद र छलफल गर्नुपर्नेमा जोड दिनुभयो । रेल्वे विकासका लागि महासचिव पोख्रलले भन्नुभयो, ”रेल्वे विकास र व्यवस्थापनका लागि एकीकृत संरचना वनाउन मन्त्रालयले काम गर्नुपर्छ ।

यसका लागि आवश्यक जनशक्ति निर्माण र परिचालन गर्न आवश्यक छ । काठमाडौंमा मेट्रो रेल आवश्यकता भएकोले अलमलमा नपरी काम तत्काल अगाडि वढाउ ।” यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले जयनगर वर्दीवाससम्मको रेल्वे प्राथामिकतामा रहेको वताउँदै यसलाई निजगड सम्म पुर्याउन आवश्यक भएको वताउँनुभयो ।

 

ट्रान्स एशियन रेल्वेसँग पनि हाम्रो रेल्वे जोड्नुपर्ने वताउँदै मन्त्री दहालले उत्तर दक्षिण कोरीडोरलाई रेल्वेसँग जोड्दा प्रभाकारी हुने समेत वनाउनुभयो । कार्यक्रममा वोल्दै मन्त्री दहालले थप भन्नुभयो, ”केपी ओली सरकारले २०७२ देखि रेल्वेलाई जोड दिएको हो । रेल्वेमा मुअव्जा लगायतको समस्या छ ।

मुअव्जा दिएर जग्गा सरकारका नाममा लिएर राख्ने हाम्रो योजना छ । हालको यातायात नीति २०५८ लाई संशोधन गरी संघीयता अनुकुल एकीकृत नीति वनाउने गरी मन्त्रालय लागेको छ ।”कार्यक्रममा वोल्दै नेपाल बुद्धिजीवी परिषद्का इन्चार्जले रेलमार्ग नीतिसँगै जलमार्ग नीतिवारे पनि वहस आवश्यक भएको वताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बाग्मती प्रदेश सांसद डा. दिनेशचन्द्र देवकोटा यातायातको एकीकृत मास्टर प्लान आवश्यक भएको वताउँदै काठमाडौमा मेट्र्रो रेल वनाउन ढिला गर्न नहुने वताउनुभयो । नेपालमा रेल्वे विकासका लागि स्वयत्त र शक्तिशाली प्राधिकरण वनाउनुपर्ने वताउँदै डा.देवकोटाले यसका लागि थप अध्ययन अनुसन्धान गरिनुपर्ने समेत वताउनुभयो ।

कार्यक्रममा रेल विभागका पूर्व महानिर्देशक रोहित कुमार विशुरालले नेपालको रेल्वेको इतिहास, आवश्यकता र रोडम्याप सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चीन तथा भारत जस्ता रेल्वे विकासमा अगाडि रहेका छिमेकी देश र एशियन तहमा कनेक्टिभिटि वढाउन रेल्वे आवश्यकता रहेको वताउँदै प्रस्तोता विशुरालले यसका लागि अल्पकालिन र दीर्घकालिन रणनीति वनाएर अगाडि वढ्नुपर्ने वताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणीकार गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले रेल्वे विकास विना समृद्धि हासिल हुन कठिन हुने वनाउनुभयो । जल, रेल, हवाई र सडकको एकीकृत योजनामा यातायातको विकास आवश्यक रहेको वनाउँदै सचिव शर्माले दीर्घकालिन रुपमा देशको फाइदा हेर्दा रेल्वेमा जानुपर्ने वताउनुभयो ।

कार्यक्रममा अर्का टिप्पणीकारका रुपमा वोल्दै रेल्वे सम्वन्धी विज्ञ तथा स्क्याप नेपालका अध्यक्ष ठाकुर शर्माले आम जनतामा चेतनाको कमी भएका कारण रेल्वे विकासमा कठिनाई हुने गरेको वताउँदै भौगोलिक विकटता, संस्थागत क्षमता, रेल्वे सम्वन्धी मानवीय जनशक्ति विकास र परिचालन, आर्थिक स्रोतको व्यवस्थापन, वातावरणमैत्री वनाउने जस्ता विषयमा ध्यान दिनुपर्ने वताउनुभयो ।

 

यसैगरी अर्का टिप्पणीकार पूर्व अर्थसचिव, लालशंकर घिमिरेले रेल्वेले शहरीकरण, रोजगारी, प्रर्यटन, वातावरणमैत्री, ग्रामीण विकासमा फाइदा पुर्याउने भए पनि नेपालमा रेल्वे आर्थिक रुपले चुनौतिपूर्ण देखिएको वताउनुभयो । रेल्वेमा जाँदा पहिला काठमार्डौमा रेल्वे वनाउनुपर्नेमा घिमिरेको जोड थियो ।

 

विभिन्न क्षेत्रका विज्ञ, नेकपा एमालेका स्थायी कमिटि, पोलिट्व्यूरो र केन्द्रीय कमिटिका सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न विज्ञहरुले आफ्ना धारणा राख्नुभएको थियो । नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षता र महासचिव गजेन्द्रप्रसाद थपलियाको सन्चालनमा सम्पन्न कार्यक्रममा र सचिव ऋषि खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...