Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत सोमबार धनुषाको ढल्केबरस्थित गौतम होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता रहेको थियो ।

सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको अवको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्य रुपमा पु¥याउने कम्पनीको योजना वारेमा जानकारी दिए ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले भिडोललाई नेपाली ग्राहकका बीच पु¥याउनका डिलरहरुको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्यको अपेक्षा गरे ।

युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीले उत्पादन गर्ने विभिन्न उत्पादन र भविष्यको योजना वारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरे ।


सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत ९ वर्ष देखि कार्यरत रहेर लामो समय सम्म सेवा गरेकोमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरिएको थियो भने सबै डिलर प्रतिनिधिहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन शुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।

भिडोल लुब्रिकेन्ट उत्पादनका लागि धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजले उद्योग स्थापना गरेको छ । १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ । यहाँ मासिक रुपमा प्रतिसिफ्ट १० लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ ।

भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१२ देखि नै उपलब्ध छ । यो लुब्रिकेन्ट सवारी साधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरुमा पनि हुँदै आएको छ । भिडोललाई विश्वका प्रायः सबैजसो ठूला र प्रख्यात अटो उत्पादकले आफ्नो सवारी साधनमा ओईएम प्रोडक्टमा रुपमा प्रयोग गर्न सिफारिस गरेका छन् ।

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४८

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...