NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

लायन्सको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

 

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ ।

असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको छ । प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन ५ गते प्रतियोगिता हुने डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लब अफ काठमाडौं युनाइटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।

समाजसेवामा सक्रिय लायन्स क्लबले युवा शशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट स्पोर्टस् को चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तरगत चार जनाले जिते नगद १ लाख

‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ योजना अन्तरगत...

वि.सं.२०८१ असोज २० आइतवार २०:४१

काठमाडौँ । होण्डा नेपालले ल्याएको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’...

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो...

वि.सं.२०८१ असोज १९ शनिवार २१:१४

  काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड...

वि.सं.२०८१ असोज १८ शुक्रवार १९:३१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु...

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री वितरण सुरु

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:०१

  काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर...

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै जीडब्लूएम नेपाल

डिलर नेटवर्क विस्तारलाई तीव्र गतिमा अगाडि बढाउँदै...

वि.सं.२०८१ असोज ८ मंगलवार २१:५८

  काठमाडौं । जीडब्लूएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र...

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३०

काठमाडौं । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ...