CG Electronics
IME Life
NIMB

क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपालको संविधान दिवस मनाइयो

NIMB
Himalayan Bank

 

काठमाडौं । क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपालको संविधान जारी भएको सेप्टेम्बर १९ का दिन नेपाल दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । इतिहास मै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगण मा नेपाली झण्डा फहराइएको हो ।

अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरु एनसीएससी, सीएनसीए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरु समेतको संयुक्त आयोजना र सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरु , स्थानीय र प्रान्तीय सरकार का प्रतिनिधिहरु र नेपाली जन समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम मा आगन्तुकहरु लाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए । च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसंग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि च्याम्बरले समूदायमा समन्वय गरेर अगाडि बढ्ने कुरा बताए ।

साथै, आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिएका थिए । गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तब्य राखेका थिए । च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालको झण्डा को सांकेतिक महत्व र महिमा बारे मन्तब्य राखेका थिए ।

कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन, वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकार प्रमुख का प्रतिनिधि ह्याप्पी मान ले नेपाल दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन एनसीएससीका सचिव तथा च्याम्बरका सदस्य घनेन्द्र न्यौपाने ले गरेका थिए ।

भिडियो

LINK:https://www.facebook.com/share/v/sSS9PRp2q3oZEiF3/?mibextid=qi2Omg&mibextid=qi2Omg

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...