CG Electronics
IME Life
NIMB

जलवायु परिवर्तनको असरले कृषि प्रणाली र खाद्य सुरक्षामा चुनौती थपेको छ : मन्त्री अधिकारी

NIMB
Himalayan Bank

 

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस / यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँमा शुभारम्भ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताएका हुन् ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४५ योगदान पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने,‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पुर्याइरहेको छ ।’ किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जनाउँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताए ।

जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्नेमा बेला आएको बताए । जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको जनाउँदै मन्त्री अधिकारीले भने,‘कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याए । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्धनशील विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जनाउँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गरे ।


सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको काम गरी रहेको जनाउँदै कृषि मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी पनि भइरहेको जानकारी दिए।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने, र निजी क्षेत्रको लगानी बढाउने नीति वातावरण सिर्जना गर्न मद्दत पुग्ने उनले दाबी गरे । नेपालको आर्थिक समृद्धिको लागि कृषिमा रूपान्तरण भएकोमा जोड दिँदै त्यसका लागि लिनुपर्ने नीति र बाटो बारे थप सुझावको पनि आफूले अपेक्षा गरेको उनले बताए ।

यूएसएआइडीले पछिल्लो सात दशकदेखि नेपालमा गरिबी, भोकमरी र कुपोषण घटाउन योगदान पुर्‍याएको जनाउँदै मन्त्री अधिकारीले त्यसका लागि नेपाल सरकारतर्फबाट कृतज्ञता व्यक्त गरे ।र, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताए । ‘नेपाल सरकारले जिएफएस्एस् र जिटुजी पहलहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न दृढ प्रतिबद्धता जाहेर गर्दछ, जसले “समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणमा योगदान  पुर्‍याउनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर थोम्पसन, यूएसएआइडी नेपालको मिसन निर्देशक मिस क्याटी डोनोहोसहित विभिन्न व्यक्तिहरू सहभागी थिए ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...