Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड

काठमाडौं । आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

“हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका छौं,” आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ भन्छन्, “अहिलेका उपभोक्ताहरु आफ्नो खानाको बारेमा सचेत छन् र उनीहरु स्वस्थ विकल्पहरु खोजिरहेका छन् भने यस मागलाई पूर्ति गर्न हामीले बजारको अध्ययन अनुसन्धान पछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं ।”

कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न भएकोले यसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ । यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रण मा महत्वपुर्ण भूमिका खेल्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।

कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट पु¥याउने तयारी गरिरहेको जनाएको छ । हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आर्क्स फूडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । ति मुलुकबाट पनि राम्रो प्रतिक्रिया आएकोले उक्त देशहरुमा पनि चाँडै विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

आर्क्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ ।

काठमाडौंको भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको प्रवर्द्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निशुल्क दिने अफर पनि चलिरहेको छ ।

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...