Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो  : मन्त्री भण्डारी

वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ ।

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडवाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएपनि सरकारले त्यसो हुन नदिएको बताए ।

सरकारले संचालनमा ल्याएका दशैंलक्षित सुपथ मूल्यका पसलहरु प्रभावकारी भएको उनको भनाइ छ ।
उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ । सरकारले एक्सन लिएपछि केही सहज भएको छ ।

चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ । पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । अत्यवश्यक खाद्य वस्तुहरुमा मूल्य घटाइएको छ । सुपथ पसलहरु प्रभावकारी देखिएको छ ।’

त्यस्तै मन्त्री भण्डारीले वस्तुको उत्पादनमा कमी आएका कारण वर्षेनी अर्बौं रुपैयाँका सामान आयात गर्नुपरेको बताए ।
‘नेपालमा वस्तु उत्पादन गरौं । उत्पादन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था आएको छ । वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ । उखुमा किसानलाई प्रतिकेजी ७० रुपैयाँ अनुदान दिइरहेका छौं । तर, चिनी उत्पादक संघले सरकारले तोकेको मूल्यमा दिन तयार छैन । सरकारले बोलाएका कार्यक्रमहरु बहिस्कार गरेर हिँडिरहेका छन् ।’

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...