CG Electronics
IME Life
NIMB

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने कार्यशाला सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आनीहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले विशेष कार्यशाला गोष्ठीको सफल समापन भएको छ। उक्त कार्यक्रमले आनीहरूलाई समुदायको विभिन्न क्षेत्रमा योगदान दिन प्रोत्साहित गर्ने अवसर प्रदान गरेको छ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा होटेल रोयल एयरपोर्टमा आयोजित गोष्ठीमा विभिन्न गुम्बाहरुबाट आनीहरूको सहभागिता रहेको थियो । जसमा उनीहरूले सामाजिक सेवामा संलग्न हुने विविध तरिकाहरू, नेतृत्व विकास, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूको प्रशिक्षण प्राप्त गरे। गोष्ठीमा मानसिक स्वास्थ्य, लैङ्गिक समानता, शिक्षा, र वातावरण संरक्षण जस्ता विषयमा छलफल गरिएको थियो।

सोमबार र मंगलबार दुई दिनसम्म चलेको गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित बिषयमा क्रमशः आनी छोइङ, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा,उपप्रध्यापक कुमारी लामा, आचार्य सार्की लामा, आचार्य नुरु शेर्पाले प्रशिक्षण दिएका थिए ।

सहभागी आनीहरुले भनिन्, ‘यो कार्यक्रमले हामीलाई समाजसँग नजिक हुने र सेवा गर्न नयाँ तरिकाहरू सिकायो। यसले हाम्रो दायित्व र समाजप्रति जिम्मेवारीलाई अझ प्रबल बनाएको छ।’

सहभागीहरुले सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक उर्जाशील प्रेरणामा थपेको बताएका छन् । यस्ता प्रशिक्षणहरुले आनीहरुको सवालजवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग उनीहरुले बताएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले आर्थिक वर्षको नीति कार्यक्रम अन्तर्गत कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरु बीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् । दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पुर्‍याउनु आजको आवश्यकता रहेको बताए ।

 

कार्यक्रमको संयोजक योजना अधिकृत सन्जु योङ्ग्यले गरेका हुन् ।

यो। गोष्ठीको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी आनीहरूको सामाजिक सहभागिता बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...