Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने कार्यशाला सम्पन्न

काठमाडौं । आनीहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले विशेष कार्यशाला गोष्ठीको सफल समापन भएको छ। उक्त कार्यक्रमले आनीहरूलाई समुदायको विभिन्न क्षेत्रमा योगदान दिन प्रोत्साहित गर्ने अवसर प्रदान गरेको छ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा होटेल रोयल एयरपोर्टमा आयोजित गोष्ठीमा विभिन्न गुम्बाहरुबाट आनीहरूको सहभागिता रहेको थियो । जसमा उनीहरूले सामाजिक सेवामा संलग्न हुने विविध तरिकाहरू, नेतृत्व विकास, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूको प्रशिक्षण प्राप्त गरे। गोष्ठीमा मानसिक स्वास्थ्य, लैङ्गिक समानता, शिक्षा, र वातावरण संरक्षण जस्ता विषयमा छलफल गरिएको थियो।

सोमबार र मंगलबार दुई दिनसम्म चलेको गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो । उल्लेखित बिषयमा क्रमशः आनी छोइङ, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा,उपप्रध्यापक कुमारी लामा, आचार्य सार्की लामा, आचार्य नुरु शेर्पाले प्रशिक्षण दिएका थिए ।

सहभागी आनीहरुले भनिन्, ‘यो कार्यक्रमले हामीलाई समाजसँग नजिक हुने र सेवा गर्न नयाँ तरिकाहरू सिकायो। यसले हाम्रो दायित्व र समाजप्रति जिम्मेवारीलाई अझ प्रबल बनाएको छ।’

सहभागीहरुले सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको र अधिक उर्जाशील प्रेरणामा थपेको बताएका छन् । यस्ता प्रशिक्षणहरुले आनीहरुको सवालजवाफ गर्ने क्षमता अभिवृद्धि गर्न गोष्ठीले सहयोग उनीहरुले बताएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले आर्थिक वर्षको नीति कार्यक्रम अन्तर्गत कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरु बीच समन्वयात्मक भूमिका सशक्त गर्ने बताएका छन् । दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पुर्‍याउनु आजको आवश्यकता रहेको बताए ।

 

कार्यक्रमको संयोजक योजना अधिकृत सन्जु योङ्ग्यले गरेका हुन् ।

यो। गोष्ठीको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी आनीहरूको सामाजिक सहभागिता बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...