अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु
Tuesday Oct 08, 2024
वि.सं.२०८१ असोज २२ मंगलवार ११:१५
काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको थियो ।
“बाढी तथा पहिरोले मकवानपुरको भीमफेदी, ८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिका २ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपछि अवरुद्ध भएको कान्तिलोकपथमा मार्ग असोज २१ गते राति साढे १० बजेबाट सवारी आवागमन सुचारु भएको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा काम गरेको थियो ।