Ncell NPL
NIMB
Everest Bank

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए ।

उनले भने, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उनको भनाई छ ।

उनले भने, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उनले समय सापेक्षित श्रमिकको न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दैै आएको जानकारी गराए ।

बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केही वर्षबाट नेपालमा भएको मानविय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालका तर्फबाट कुरा उठाउने बताए । उनले दुई दिने एशिया प्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिए ।

 

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१५

काठमाडौं, ३० फागुन। लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको...

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१०

काठमाडौं, ३० फागुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व...

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:५०

  काठमाडौं । उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचन...

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र वैदेशिक नेपालीलाई आईपीओ दिने

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र...

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:२७

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि...

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको...

वि.सं.२०८२ फागुन २७ बुधवार १४:४९

  काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ...

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई सुधारात्मक निर्देशन

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई...

वि.सं.२०८२ फागुन २७ बुधवार १३:४९

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित...