CG Electronics
IME Life
NIMB

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

उहाँ सह–संस्थापक तथा निर्देशक सुबास शर्मा पछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्नुहुनेछ। शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक सम्हाल्नुभएको थियो। सुबास शर्माले F1Soft Group को दृष्टिकोणलाई व्यवहारमा उतार्दै eSewa, Fonepay लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गर्नुभएको छ। यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घरपरिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन्। उहाँ अब निर्देशकको भूमिकामा रहँदै F1Soft Group को रणनीतिक दिशानिर्देशनमा संलग्न हुनुहुनेछ।

हाल FoneNxt Pvt. Ltd. का सीईओ रहनुभएका सनत कुमार पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नुहुनेछ। F1Soft Group मा आवद्ध हुनुअघि उहाँले Nabil Bank मा एक दशकभन्दा बढी समय कार्य गर्दै Payment Technology Management तथा Digital Transformation Program को नेतृत्व गर्नुभएको थियो। उहाँ दुई दशकभन्दा बढी अनुभव भएका एक अनुभवी ICT क्षेत्रको बिज्ञ हुनुहुन्छ।

“पछिल्ला २२ वर्षमा हामीले निर्माण गरेको आधारप्रति म अत्यन्त गर्वान्वित छु। F1Soft को वृद्धि हाम्रो सम्पूर्ण टोलीको साझा प्रयासको परिणाम हो, जसले नेपालको डिजिटल परिदृश्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। यस ऐतिहासिक अवसरमा, आगामी यात्रामा सनतको नेतृत्वप्रति मलाई पूर्ण विश्वास छ।” आफ्नो कार्यकाल सम्झँदै निवर्तमान सीईओ सुबास शर्मा ले भन्नुभयो।

नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको F1Soft ले नगदमा आधारित बजारमा प्रारम्भिक मोबाइल भुक्तानी समाधानहरू सुरु गर्दै आजको दिनसम्म आइपुग्दा देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्महरूलाई सक्षम बनाउने व्यापक इकोसिस्टम निर्माण गरेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली नागरिकहरूको वित्तीय पहुँचलाई सहज बनाउनुका साथै ‘cashless economy’ तर्फको यात्रालाई तीव्र बनाएको छ।

आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै नव नियुक्त सीईओ सनत कुमार पौडेलले भन्नुभयो: “F1Soft को २२ वर्षे यात्राको यस महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि गर्वको विषय हो। हामीले निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै प्रविधि नेतृत्वलाई मजबुत पार्ने र सेवा विस्तारलाई तीव्र बनाउने हाम्रो लक्ष्य रहनेछ। साथै, दीर्घकालीन मूल्य सिर्जना गर्दै नेपालको fintech दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।”

यो नेतृत्व हस्तान्तरणले F1Soft को सुदृढ नेतृत्व विकास, सुशासन तथा निरन्तरताको संस्कृतिलाई झल्काउँछ। तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो संस्थागत क्षमतालाई अझ मजबुत बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र fintech क्षमतालाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।

F1Soft Group बारे
F1Soft Group of Companies अन्तर्गत F1Soft International Pvt. Ltd., Fonepay Payment Service Ltd., eSewa Ltd., eSewa Money Transfer Pvt. Ltd., FoneNxt Pvt. Ltd., ExtensoData Pvt. Ltd., Foneloan Pvt. Ltd. तथा Fonepoints Pvt. Ltd. जस्ता fintech, paytech तथा प्रविधि कम्पनीहरू आवद्ध छन्। समूहले नवीन ICT समाधानमार्फत डिजिटल रूपान्तरणलाई अगाडि बढाउँदै वित्तीय सेवामा पहुँच विस्तार गर्ने र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...