CG Electronics
Ncell NPL
NIMB

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ  : मन्त्री अधिकारी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भएपनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार ४४ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका बताए ।

उनले भने, ‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएता पनि हामी खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्थामा छौ । खाद्य सुरक्षा आज विश्व मानव समुदायको जीवन र मरणको मुख्य विषय हो ।

नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका हुन्छन् । जलवायु परिवर्तनका प्रभावहरु, आर्थिक मन्दि, असमानता लगायतका कारण्ले गर्दा गरिब र कमजोर जनतालाई गम्भिर रुपमा असर परेको छ ।’

उनले दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको पनि बताए ।

उनले भने, ‘२०३५ सम्ममा नेपाललाई खाद्यमा आत्म निर्भर बनाउने लक्ष्य सहित कृषि विकास नीति २०७२ जारी गरिएको छ । दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको छ ।’

यसको साथै, उनले नेपालमा खाद्य सुरक्षाको अवस्था राम्रो बनाउन संलग्न सबै कर्मशिल किसान एंव श्रमिकहरु, कृषि उद्यामी तथा व्यवसायीहरु, अन्राष्ट्रिय संघ संस्था एवं विकास साझेदारहरु, क्षेत्रिय संगठन र स्वदेशी संस्था तथा नागरिक समाज सबैमा नेपाल सरकारले गरेको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदैँ सहयात्राको लागि अपिल गरेका छन् ।

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...