CG Electronics
IME Life
NIMB

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।

गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।विगतमा भएका विसङ्गतीहरु नदोहोरिने विश्वास दिलाए ।

उनले भने,‘जुन जिम्मेवारी मैंले प्राप्त गरेको छु, त्यसलाई मेरो विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी यो समितिलाई अगाडि बढाउने छु । विगतका केही विसङ्गतीहरु पनि छन् ,तर ती दोहोरिनेवाला छैन् । ’

आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्रमुख एजेण्डाको रुपमा आफूले लिएको उनको भनाई छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...