CG Electronics
IME Life
NIMB

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

NIMB
Himalayan Bank

काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो । जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्याइन् ।

जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् ।

तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डको सुरुवात ढिलो भयो। ४ ओभरको समाप्तिमा १६ रन मात्र बनाएको थियो ।

वेस्ट इन्डिजकी चिनेले हेन्क्रीले लगातार चार ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई २४ रनमा सीमित गरिन् । करिश्मा रामहराकले अनुभवी सुजी बेट्सलाई २६ रनमा क्लिन बोल्ड गर्दै पहिलो विकेट लिएपछि न्युजिल्याण्ड ४८र१ को स्थितिमा पुग्यो ।

प्लिमरले आक्रामक पारामा खेल्दै चिनेले हेन्क्रीमाथि छक्का प्रहार गरिन्, तर केही बेरपछि हेन्क्रीलाई चोट लागेर मैदान छोड्नुपर्याे ।

यसबाट न्युजिल्याण्डको लय बिग्रियो। अमेलिया केर अर्को बलमै आउट भइन् भने प्लिमर १३ औं ओभरको सुरुवातमा डोटिनको स्टम्पिङमा आउट हुँदै ६९÷३ को अवस्थामा न्युजिल्याण्डलाई छोडिन् ।

क्याप्टेन सोफी डिभाइन र ब्रुक हलिडेले १२ रनको साझेदारी गरे पनि डोटिनले फेरि न्युजिल्याण्डलाई दबाबमा राखिन् । अन्तिम ३ ओभरमा न्युजिल्याण्डले ८ रनमा ४ विकेट गुमायो। अन्त्यमा इज्जी गेजÞले केही योगदान दिएर टिमलाई १२८÷९ को स्कोरमा पुर्याइन् ।

वेस्ट इन्डिजको जवाफमा क्याना जोसेफ र हेली म्याथ्युजले धैर्यपूर्वक सुरुवात गरे। तर जोसेफलाई कार्सनले बोल्ड गरेपछि वेस्ट इन्डिजले २५÷२ को स्कोर बनाएर पावरप्ले समाप्त गर्य । कार्सनले कप्तान स्टेफनी टेलरलाई आउट गरेर वेस्ट इन्डिजको आशा कमजोर बनाइन् ।

डोटिनले आक्रामक पारामा खेल्दै ३ ठूला छक्का प्रहार गरिन् तर केरले उनलाई २२ बलमा ३३ रनमै आउट गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भयो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई १५ रन आवश्यक थियो तर सुजी बेट्सले आठ वर्षपछि विश्वकपमा पहिलो ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई जिताइन् ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...