IME Life
NIMB

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

NIMB
Himalayan Bank

 

काठमाडौँ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रा. लि.को उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सि.आई.आई. ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ । २०८१ असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् ।

पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले उल्लेख गरेको छ ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ) – सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने गरेको छ । कम्पनीका अनुसार यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ ।

यसै बिच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो ।

हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...