IME Life
NIMB

गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज नरेश जोशी

NIMB
Himalayan Bank

 

गुन्डु(भक्तपुर) । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ ।

बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् ।
साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् ।

‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरी गास्ने नै हो । साउन अन्तिम सातादेखि फुल टिप्न थालेका हौं । फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो । तर पहिले ढकमक्क फुलेको फुल टिप्न र माला गास्नमै व्यस्त छौँ । तर विगतको जस्तो फुल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फुल कत्ति पनि खेर गएको छैन ।’

रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन् । एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ । विशेष गरेर स्थानीय महिलाहरु आलोपालो गरी माला गाँस्न व्यस्त छन् । प्रतिमाला ५ रुपैंयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै गलामा लगाइदिने मखमली फुल रोप्नेदेखि माला गास्दासम्मका लगानीका बारे जिज्ञासामा रचनाले भनिन्, ‘मखमली खेती त्यति सजिलो छैन । फूलमा चाँडै किरा लाग्छ । किट्नाशक औषधी छर्कनुपर्छ । खर्च पनि उतिकै हुन्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ ।’

किसान र व्यवसायीबीच सिधा सम्पर्क नहुँदा फुलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ । व्यवसायी आफैं फुल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेको कारण विगत १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उनको गुनासो छ ।

उनले भनिन्, ‘बजार बाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरु गाँउमा आएनन् । किसानसम्म पुगेर सम्पर्क नै गर्दैनन् । बिचौलियाहरुलाई पठाइदिन्छन् । बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १२ वर्षदेखि एउटै मूल्य दिइरहेका छन् । फूलहरु खेर फाल्नुपर्ने अवस्था चाहीं आएको छैन् । सस्तो मूल्यमा भएपनि विक्री भइरहेको छ । विगत १५ वर्षदेखि मखमली फुलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री गरिरहेका छौं ।’

त्यसैगरी, रचना जस्तै अर्की मखमली फूल व्यवसायी राधिका फूयाँलको गुनासो पनि उही छ । फुल व्यवसायी आफैंले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण पनि किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उनले सुनाइन् ।

उनले भनिन्, ‘किसानले भनेको काम गर्ने हो । तर यहाँ बजार, एजेन्ट सबै आफैंले खोजेर हिड्नुपर्ने अवस्था छ । त्यो पनि कहिले गर्न सकिदैँन् । हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुईसय रुपैंयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन् । यस बीचमा विचौलियाले कति खाने रहेछन् भन्ने स्पष्ट हिसाब निस्किहाल्छ ।’चाडवाडको बेला भारतलगायतका क्षेत्रबाट फुल आयात रोक्न सकेमात्र मखमली फुलले बजार पाउने उनीहरु बताउँछन् । मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा बोटहरु ढलेका कारण यो वर्ष अपेक्षित फुल उत्पादन हुन नसकेको किसानहरु सुनाउँछन् ।

सरकारको छैन गुण्डुबासीलाई सहयोग करिब ४० वर्षदेखि गुण्डुबासीले मखमली फुलको व्यवसायिक खेनी गर्दै आएपनि सरकारबाट अहिलेसम्म कुनैपनि सहयोग नगरेको किसानहरुको गुनासो छ । आफ्नो बारीमा फुल्ने फुल अमेरिका, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरेको भएपनि सरकार किसानहरुलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फुल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरुको आरोप छ । देशभित्रै उत्पादति वस्तुको उचित भाउ नपाउनुको पछाडि सरकारको हात रहेको राधिका फुयालले बताइन् ।

उनी भन्छिन्, ‘नेपाल सरकार भारत बिना बाँच्न नसके जस्तो गर्छ । नेपालमा उत्पादित वस्तुलाई मान्यता दिएको छैन् । हामीले उत्पादन गरेको गोलभेडा समेत खेतमै कुहेर खेर गयो । भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे मानिसहरु । जसका कारण किसानले मूल्य पाउँथे ।

यसमा सरकारको कमजोरी छ ।’ सरकारले फुल व्यवसायका लागि किसानहरुलाई अनुदान दिन सके देशमा खपत हुने फुल उत्पादन गर्न सकिने उनको दाबी छ । सरकार राजनीतिको पछि मात्र लाग्दा किसान उपेक्षामा परेको अर्की व्यवसायी रचना क्षेष्ठको भनाइ छ ।

उनी भन्छिन्, ‘फुल राम्रो विक्री हुन सकिरहेको छैन् । किसानले सबैमा गर्ने भनेकै मेहेनत हो । मेहेनत गर्दागर्दा पनि हुदैँन्, धेरै गारो हुन्छ । मेहेनतको एक छेउ पनि पाउन गा¥हो छ नेपालमा । यहाँ उत्पादन भएको वस्तु नेपालमा मात्र प्रयोग गर्ने हो भने पनि पुग्दैन् । यसबारे राम्रो नीति नै छैन् । सरकार आफ्नो राजनीतिमा लागेको छ । नेताहरुलाई किसानहरुले फूल खेती गर्छन्, भन्ने कुरा पनि थाहा छैन् होला ।’(नेपाल न्यूज बैंक)

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...