Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन् : मन्त्री अधिकारी

kumari  bank

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।

उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरि सुधार गर्नुपर्छ तपार्इंहरुले ध्यान दिनुहोला ।

यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’

साथै उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।

उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउने हो नि ।

हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैंले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...