CG Electronics
IME Life
NIMB

दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।
हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।

हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।

हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।

हाइगर बस हस्तान्तरण समारोहमा चिनियाँ दूतावासका अधिकारीहरु तथा विभिन्न व्यापारिक क्षेत्र र बैंकिङ क्षेत्रका अतिथिहरु सहभागी थिए ।

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...