Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछ : गृहमन्त्री

kumari  bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राखे ।

उनले भने,‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ । विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’

उनले आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पु¥याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्वन्धी ऐनलाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन् जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।’

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...