Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

युवा अभियन्ता अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

Machhapuchchhre Bank Limited

काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो ।

राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।

युवा अभियानमार्फत् विश्वभरका युवालाई जोड्न एक दशकभन्दा लामो समयदेखि क्रियाशील अर्याललाई उनको योगदानका लागि सम्मान गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए ।

यसअघि यसै सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपरथि रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रूइतलाई सम्मानित गरिएको भन्दै हुमागाईंले युवा अभियानमार्फत् नेपाललाई विश्वसँग जोड्ने देशभक्त अर्याललाई सम्मान गर्न पाउँदा आफूहरू कृतज्ञ बनेको बताए ।

तीन सदस्यीय निर्णायक समितिका तर्फबाट मन्तव्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत् विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनौट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । छनौट समितिमा अधिकारीसहित अध्यक्ष हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देल रहेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गरेबाट युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए । युवा अभियानलाई समाजप्रति योगदान दिनसक्ने र देशलाई विश्व रंगमञ्चमा चिनाउने बनाउने लक्ष्यलाई यसबाट बल मिलेको अर्यालले उल्लेख गरे ।

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् :...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५३

  काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले...