CG Electronics
IME Life
NIMB

युवा अभियन्ता अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

NIMB
Himalayan Bank

काठमाडौं । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल सम्मानित भएका छन् । नागरिक समूहले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा अभियन्ता अर्याललाई पुरस्कृत गरिएको हो ।

राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अभियन्ता अर्याल पुरस्कृत भएका हुन् । अर्याल अध्यक्ष रहेको ग्लोबल युथ पालिर्यामेन्टमा हाल ८६ देशमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् ।

युवा अभियानमार्फत् विश्वभरका युवालाई जोड्न एक दशकभन्दा लामो समयदेखि क्रियाशील अर्याललाई उनको योगदानका लागि सम्मान गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए ।

यसअघि यसै सम्मानबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपरथि रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रूइतलाई सम्मानित गरिएको भन्दै हुमागाईंले युवा अभियानमार्फत् नेपाललाई विश्वसँग जोड्ने देशभक्त अर्याललाई सम्मान गर्न पाउँदा आफूहरू कृतज्ञ बनेको बताए ।

तीन सदस्यीय निर्णायक समितिका तर्फबाट मन्तव्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ग्लोबल युथ पार्लियामेन्टमार्फत् विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनौट गर्न पाउँदा आफूहरूलाई गर्व लागेको बताए । छनौट समितिमा अधिकारीसहित अध्यक्ष हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व एसिष्टेन्ट गभर्नर सुलोचना सिग्देल रहेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गरेबाट युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए । युवा अभियानलाई समाजप्रति योगदान दिनसक्ने र देशलाई विश्व रंगमञ्चमा चिनाउने बनाउने लक्ष्यलाई यसबाट बल मिलेको अर्यालले उल्लेख गरे ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...