जनमत पार्टीका केन्द्रीय सदस्य तथा विद्यार्थी नेता सुमन कुमार यादवसहित दर्जनौं युवा लोसपा प्रवेश

Monday Oct 28, 2024
वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:२५

काठमाडौँ । जनमत पार्टीको भातृ संगठन विधार्थी जनमत संघको केन्द्रीय सह-संयोजक र पार्टी केन्द्रीय सदस्य सुमन कुमार यादव सहित दर्जनौं युवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रवेश गरेका छन् ।
उनीहरुले लोसपा नेपालको केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, पार्टी प्रवक्ता आभाष लाल कर्ण, लोकतान्त्रिक विधार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्र, महासचिव सम्मर साह, मधेस प्रदेश अध्यक्ष त्रिदेव मिश्र लगायत पार्टीको अग्रज नेताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् ।
जनमतबाट साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेपश्चात लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसहित नेताहरुको उपस्थितिमा आफ्नै पुरानो घरमा फर्किएको सुमनले बताए ।
उनले विगतका दिनमा जस्तै भोलिका दिनमा पनि पार्टी पंक्ति, नेपाली दाजुभाई तथा दिदिबहीनी र शुभेच्छुकहरुबाट निरन्तर साथ,सहयोग र आशिर्वाद विश्वास व्यक्त गरेका छन् ।