Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

Machhapuchchhre Bank Limited

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए ।

उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्छ, उनीहरुलाई अहिले परिणाम र रोजगारी चाहिएको छ । अहिले नभए पनि भविष्यमा हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ तर हामीले त्यो काम गर्न सकि रहेको अवस्था छैन् । त्यसकारण रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने आवश्यकता छ । सरकार यही काममा लागेको जानकारी पनि गराउन चहान्छु ।’
यसको साथै, उनले नयाँ पुस्ताहरुले हाम्रो विकास योजना र अध्ययनमा उठेका प्रश्नहरुको जवाफ खोजेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘यस पटकको बाढि र पहिरोको क्षतीलाई हेर्दा हामीले केही विषयमा छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नु पर्ने भएको छ । के हाम्रो भौगर्भिक अध्ययन र वातावरणिय अध्ययन सम्भावित जोखिम वा भविष्यलाई ध्यान दिएर गरेका छौ, हाम्रा भौतिक संरचना बनाउनु पहिलाका डिजाइन्हरु ठिक छन्, भूगोल र माटोको प्रकृतीसँग हामी परिचित थियौं, हाम्रो सिंगो विकासको मोडेलको बारेमा हामीले पुनविचार गर्नुपर्ने भएको छ र के विपद् जोखिमको सामना गर्न हाम्रो पूर्व तयारीहरु सक्षम थिए वा छन् ।

यस्तै प्रश्नहरु हाम्रो अगाडि छन् । अबको पुस्ता र भविष्यहरुले यो प्रश्नको जवाफ खोजेर अगाडि बढेन भने, हाम्रा विकासहरु बनाउदैँ जाने र यस्तै प्राकृतिक प्रकोपले यसलाई नष्ट गर्दै जाने प्रक्रिया जारी हुन्छ ।’

देशको भूगर्भलाई गहन अध्ययन गरेर कसरी विकास गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफल गर्न जरुरी रहेको उनको भनाइ छ ।

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...