CG Electronics
IME Life
NIMB

रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

NIMB
Himalayan Bank

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए ।

उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्छ, उनीहरुलाई अहिले परिणाम र रोजगारी चाहिएको छ । अहिले नभए पनि भविष्यमा हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ तर हामीले त्यो काम गर्न सकि रहेको अवस्था छैन् । त्यसकारण रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने आवश्यकता छ । सरकार यही काममा लागेको जानकारी पनि गराउन चहान्छु ।’
यसको साथै, उनले नयाँ पुस्ताहरुले हाम्रो विकास योजना र अध्ययनमा उठेका प्रश्नहरुको जवाफ खोजेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘यस पटकको बाढि र पहिरोको क्षतीलाई हेर्दा हामीले केही विषयमा छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नु पर्ने भएको छ । के हाम्रो भौगर्भिक अध्ययन र वातावरणिय अध्ययन सम्भावित जोखिम वा भविष्यलाई ध्यान दिएर गरेका छौ, हाम्रा भौतिक संरचना बनाउनु पहिलाका डिजाइन्हरु ठिक छन्, भूगोल र माटोको प्रकृतीसँग हामी परिचित थियौं, हाम्रो सिंगो विकासको मोडेलको बारेमा हामीले पुनविचार गर्नुपर्ने भएको छ र के विपद् जोखिमको सामना गर्न हाम्रो पूर्व तयारीहरु सक्षम थिए वा छन् ।

यस्तै प्रश्नहरु हाम्रो अगाडि छन् । अबको पुस्ता र भविष्यहरुले यो प्रश्नको जवाफ खोजेर अगाडि बढेन भने, हाम्रा विकासहरु बनाउदैँ जाने र यस्तै प्राकृतिक प्रकोपले यसलाई नष्ट गर्दै जाने प्रक्रिया जारी हुन्छ ।’

देशको भूगर्भलाई गहन अध्ययन गरेर कसरी विकास गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफल गर्न जरुरी रहेको उनको भनाइ छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...