Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘वैकल्पिक उर्जा सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक’

Machhapuchchhre Bank Limited

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् ।

 

मंगलबार काठमाडौंका आयोजित वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताए ।
उनले वैकल्पिक उर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौं । र समय सापेक्षित निति नियम ऐन कानूनको व्यवस्था गर्नुपर्ने छ । यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ ।’
उनले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए ।
मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायीत्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले,मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायीत्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरु सरकारका अंगहरु हुन् ।’

उनले वैकल्पिक उर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामि वर्षसम्ममा सबै घरमा विद्युत वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका रहेने बताए ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...