CG Electronics
IME Life
NIMB

‘वैकल्पिक उर्जा सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् ।

 

मंगलबार काठमाडौंका आयोजित वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताए ।
उनले वैकल्पिक उर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौं । र समय सापेक्षित निति नियम ऐन कानूनको व्यवस्था गर्नुपर्ने छ । यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ ।’
उनले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए ।
मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायीत्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले,मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायीत्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरु सरकारका अंगहरु हुन् ।’

उनले वैकल्पिक उर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामि वर्षसम्ममा सबै घरमा विद्युत वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका रहेने बताए ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...