CG Electronics
IME Life
NIMB

कृषिमा सरकारले दिएको अनुदानको सदुपयोग होस् : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपालगन्ज ।कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न सुरु गरिएको बताउनुभएको छ ।

नेपाल किसान महासंघ बाँकेद्वारा आज कोहलपुरमा आयोजित ‘एक दिने कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको जानकारी समेत दिनुभयो । समितिले छिटै अध्ययान सक्ने र अनुदान लिएकाहरुको नाम सार्बजनिक गरिने मन्त्री अधिकारीले वताउनुभयो ।

कृषि अनुदानको सहि सदुपयोग होस भन्ने आफ्नो चाहाना रहेकोमा मन्त्री अधिकारीले जोड दिनुभयो । उहाँले आफ्नो तर्फबाट सक्दो काम गर्ने बताउँदै मन्त्रालयबाट निस्कँदा निष्कलंक भएर निस्कने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले कोहलपुरमा पाउडर प्लान्ट स्थापना गर्ने विषय आफ्नो प्राथमिकतामा परेको समेत बताउनुभयो । उहाँले आफूले मन्त्रालय सम्हालेपछि दुध र उखुको बाँकी बक्यौता रकम भुक्तानी तथा बाली बीमाको रकम उपलब्ध गराउन सफल भएको बताउनुभयो।

किसानहरुले समयमै मल तथा बीउविजनको व्यवस्था, सहुलियतदरमा कृषि ऋण उपलब्ध गराउन, सिंचाईको व्यवस्था, उत्पादनको बजारीकरण, युवा पलायन रोक्न, अनुदानको दुरुपयोग रोक्न, खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध ओसारपसार रोक्न मन्त्री अधिकारीसमक्ष माग गरेका छन् ।

मन्त्री अधिकारीलाई कोहलपुर डेरी एसोसिएसनले विभिन्न माग राख्दै ज्ञापनपत्र पनि बुझाएको महासचिव सन्तोष पौडेलले बताउनुभयो ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...